दैलेख : दैलेख बजार खानेपानी तथा उपभोक्ता समिति (सहारले) लामो समयदेखि खानेपानीको महसुल नतिरेका धाराहरू काट्ने अन्तिम तयारी गरेको छ ।
अन्तिम पटकका लागि छुट दिएर सूचना जारी गरेका छौँ हरेक घर धनीलाई पानी महसुल बुझाउन ताकेता गरेका छौँ । त्यतीगर्दा पनि महसुल बुझाउन अटेर गर्नेको धारा काट्ने र अन्य छिमेकीबाट समेत खानेपानी सुविधा उपलब्ध नगराउने तयारी भएको सहारे दैलेखका कार्यालय प्रमुख राजन खड्काले जानकारी दिएका छन् ।
५० हजार देखि १ लाख देखि माथिका करिब १७ जना भन्दा बढी ग्राहकमध्ये धेरैले रकम तिरिसकेको र केही मात्र बाँकी रहेको, १० हजार देखि ५० हजार सम्मका ग्राहकलाई पनि बारम्बार खबर गरेको र अनिवार्य रकम तिर्न आग्रह गरिएको सहारे का संयोजक एवं वडा नं. १ का वडा अध्यक्ष सन्देश कुमार श्रेष्ठले जानकारी दिएका छन् ।











